सुनचाँदीकाे मूल्य
प्रकाशित मिति: बुधबार, पौष २३, २०८२ | १३:००:०९
चितवन, २३ पुष । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १०० रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी तोलामा ५५ रुपैयाँले बढेर ४ हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। मंगलबार चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ थियो।
प्रकाशित मिति : बुधबार, पौष २३, २०८२ |
१३:००:०९
815






















