कांग्रेस विशेष महाधिवेशन : एक हजार ३२७ सहभागीले गराए नाम दर्ता
चितवन, २७ पुष । नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको छ। महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया निरन्तर चलिरहेको छ।
पक्षधर समूहको आयोजनामा हुने दुई दिने महाधिवेशनको पहिलो दिन आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया सञ्चालन भइरहेको छ। बिहान ९ बजेदेखि सुरु भएको दर्तामा दिउँसो १:३० बजेसम्म १,३२७ प्रतिनिधिले आफ्नो नाम दर्ता गरिसकेका छन् भने जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए।
कांग्रेसले कर्णाली र सुदूरपश्चिमका लागि एक स्टल, विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाका लागि एक स्टल, उपत्यकाभित्रका काठमाडौँ, भक्तपुर र ललितपुरका लागि एक स्टल र बाँकी पाँच प्रदेशका लागि छुट्टाछुट्टै स्टलको व्यवस्था गरेको छ। देशभर कुल ४,७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्।
उद्घाटन कार्यक्रम अघि सहभागीहरूले काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालेका थिए। केहीबेरपछि भृकुटीमण्डपमा उद्घाटनसमेत भएको छ। संयोजक पाण्डेयका अनुसार उद्घाटन सत्रपछि सभाहलमा बन्दसत्र सञ्चालन हुनेछ।




















