नेपाली कांग्रेसको विशेष महाधिवेशन: महामन्त्री शर्माले पार्टी एकताबद्ध राख्ने प्रतिबद्धता व्यक्त
प्रकाशित मिति: आइतबार, पौष २७, २०८२ | १९:४३:१४
चितवन, २७ पुष । काठमाडौंमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुटाउने होइन, सिंगो पार्टीलाई एकताबद्ध बनाएर नेतृत्व गर्ने बताएका छन्।
भृकुटीमण्डपमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सहभागीहरूलाई पार्टी विभाजनको आशंका नगर्न आग्रह गरे। उनले महाधिवेशनमा उर्लिएको जनसागर फुटाउन नभई रूपान्तरणका लागि जम्मा भएको स्पष्ट पारे।
‘यो भीड होइन, कांग्रेस फुटाउने पनि होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्छौँ,’ शर्माले भने।
महामन्त्री शर्माले महाधिवेशनले लिने निर्णयहरू भावनात्मक आवेगमा नभई गम्भीर विवेकमा आधारित हुने पनि स्पष्ट पारे। उनले भने,
‘आवेगमा होइन, कांग्रेस बदल्ने निर्णय यो हलले गर्नेछ। हामी आवेगमा होइन, विवेकले निर्णय लिनेछौं।’
प्रकाशित मिति : आइतबार, पौष २७, २०८२ |
१९:४३:१४
4577



















