स्वास्थ्य बिमा संकट समाधानका लागि प्रधानमन्त्री सुशीला कार्कीको पहल
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ | १३:२६:०२
चितवन, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा प्रणालीमा देखिएको समस्याको समाधानका लागि पहल सुरु गर्नुभएको छ ।
यसै क्रममा सरोकारवाला निकायसँग छलफल गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गरिएको छ ।
स्वास्थ्य बिमा बोर्डले लामो समयदेखि भुक्तानी नगर्दा देशका विभिन्न अस्पतालहरूले सेवा बन्द गर्ने निर्णय गरेका थिए । बोर्डका अनुसार स्वास्थ्य संस्थालाई १० अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रकाशित मिति : बुधबार, माघ २१, २०८२ |
१३:२६:०२
3433




















