काठमाडौँको योजना ऐतिहासिक र सांस्कृतिक आधारमा हुनुपर्छ : मन्त्री चौलागाईं
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ | १७:४६:४१
चितवन, २१ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईंले काठमाडौँ सहरको योजना बनाउँदा ऐतिहासिक, सांस्कृतिक र पारिस्थितिक पक्षलाई योजनामा प्रतिविम्बित गर्नुपर्ने बताएका छन्।
काठमाडौँ उपत्यका सहरी यातायात प्रणाली गुरुयोजनामाथि आयोजित कार्यक्रममा उनले आधुनिक प्रविधि अपनाउँदा पनि सांस्कृतिक सम्पदा र ‘जनताको सहर’ भन्ने अवधारणा जोगाउनुपर्नेमा जोड दिए।
उनले एउटै नीति देशभर लागू गर्दा योजना असफल हुने अनुभव स्मरण गर्दै भूगोल, संस्कृति र जीवनशैलीअनुसार फरक रणनीति आवश्यक रहेको बताए।
प्रकाशित मिति : बुधबार, माघ २१, २०८२ |
१७:४६:४१
1211



















