स्वास्थ्य बिमाका समस्या स्रोत जुटाएर समाधान गर्छौँ : प्रधानमन्त्री कार्की
प्रकाशित मिति: बुधबार, माघ २१, २०८२ | १८:२१:४८
चितवन, २१ माघ । स्वास्थ्य बिमा सेवा निरन्तरता सरकारको दायित्व भएको प्रधानमन्त्री सुशीला कार्कीले बताउनुभएको छ।
स्वास्थ्य बिमासम्बन्धी छलफलमा उहाँले स्रोत अभाव देखाएर सेवा रोक्न नसकिने उल्लेख गर्दै एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्नुपर्ने र कडा नियमन आवश्यक रहेको धारणा राख्नुभयो।
प्रधानमन्त्री कार्कीले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, अति विपन्न तथा अल्पसङ्ख्यक समुदायका लागि स्वास्थ्य बिमा सुविधा अविच्छिन्न रूपमा उपलब्ध गराउनुपर्नेमा विशेष जोड दिनुभयो।
प्रकाशित मिति : बुधबार, माघ २१, २०८२ |
१८:२१:४८
1123



















