देशभर एसइई परीक्षा सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी
प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०८२ | १०:११:०५
चितवन, १९ चैत्र । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा सुरु भएको छ। पहिलो दिन विद्यार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा दिएका छन्। परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
यसपटक परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका छन्, जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ जना छन्। जापानस्थित एक परीक्षा केन्द्रमा समेत २३ जना विद्यार्थी सहभागी भएका छन्।
तीन घण्टे परीक्षामा अपाङ्गता भएका विद्यार्थीका लागि थप १ घण्टा ३० मिनेट समयको व्यवस्था गरिएको छ। साथै, उनीहरूका लागि कक्षा ९ सम्म अध्ययन गरेका व्यक्तिलाई लेखन सहयोगीका रूपमा अनुमति दिइएको छ।
प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२ |
१०:११:०५
1211

















