पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुने मन्त्री सस्मित पोखरेलको दाबी
प्रकाशित मिति: मंगलबार, चैत्र २४, २०८२ | १८:४०:४०
चितवन, २४ चैत्र । शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी पाँच वर्षभित्र देशका विभिन्न क्षेत्रमा क्रमशः सुधार हुँदै जाने बताएका छन्।
कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा उनले पहिलो वर्षमै सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउने स्पष्ट पारे।
मन्त्री पोखरेलका अनुसार विगतमा पहुँच कम भएका विद्यालय तथा विश्वविद्यालयलाई विशेष प्राथमिकतामा राखी काम गरिनेछ। उनले आगामी दिनमा यस्ता क्षेत्रमा लगानी र अनुदान थप वृद्धि गरिने पनि बताए।
शिक्षा क्षेत्रको समग्र सुधारप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरूलाई सरकारका प्राथमिकता अनुरूप काम गर्न निर्देशन दिएका छन्।
प्रकाशित मिति : मंगलबार, चैत्र २४, २०८२ |
१८:४०:४०
1167

















