एसईई २०८२ को नतिजा वैशाख २९ भित्र सार्वजनिक हुने तयारी
प्रकाशित मिति: आइतबार, बैशाख २७, २०८३ | १८:४२:५२
चितवन, २७ बैशाख । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी तीव्र बनाएको छ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका परीक्षा सकिएलगत्तै परीक्षण तथा सम्परीक्षण कार्य सुरु गरिएको कार्यालयले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईको नतिजा यही वैशाख २९ गतेभित्र सार्वजनिक गर्ने तयारी गरिएको छ ।
गत वर्ष नियमित तथा स्तरवृद्धितर्फ गरी कुल पाँच लाख १२ हजार ४२१ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
प्रकाशित मिति : आइतबार, बैशाख २७, २०८३ |
१८:४२:५२
309



















