नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने
प्रकाशित मिति: शुक्रबार, जेठ ०८, २०८३ | १०:२४:३२
चितवन, ०८ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।
नेपालले अघिल्लो खेलमा स्कटल्यान्डलाई पराजित गरेको पहिलो रोजाइँको टोलीलाई नै निरन्तरता दिएको छ ।
यसअघि नेपाल र अमेरिकाले आफ्नो पछिल्लो खेलमा स्कटल्यान्डलाई हराएका थिए ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०८, २०८३ |
१०:२४:३२
177























