सुन प्रतितोला रु १,६०० र चाँदी रु १४० ले घट्यो
प्रकाशित मिति: मंगलबार, आषाढ ०९, २०८३ | १२:०१:१२
चितवन, ०९ असार । स्थानीय सुनचाँदी बजारमा आज मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु १,६०० ले घटेर रु २ लाख ८७ हजार १०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु १४० ले घटेर रु ४ हजार ५९० निर्धारण भएको छ।
सोमबार सुन प्रतितोला रु २ लाख ८८ हजार ७०० र चाँदी रु ४ हजार ७३० मा कारोबार भएको थियो। त्यसअघि आइतबार सुनको मूल्य रु २ लाख ८७ हजार ३०० तथा चाँदीको मूल्य रु ४ हजार ६९० रहेको थियो।
अन्तरराष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ११९ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०९, २०८३ |
१२:०१:१२
155





















