सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो
प्रकाशित मिति: बुधबार, आषाढ ३१, २०८३ | १४:०१:२८
चितवन, ३१ आषाढ । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : बुधबार, आषाढ ३१, २०८३ |
१४:०१:२८
133



















