सुन प्रतितोला २ लाख ८४ हजार पुग्यो, चाँदीको मूल्य पनि बढ्यो
प्रकाशित मिति: आइतबार, साउन ०३, २०८३ | १२:०५:३०
चितवन, ०३ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भई ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित मिति : आइतबार, साउन ०३, २०८३ |
१२:०५:३०
287


















