नेप्से १३.९५ अंकले घट्यो, पाँच अर्बभन्दा बढीको कारोबार
चितवन, ०६ साउन । धितोपत्र बजारमा बुधबार नेप्से परिसूचक १३.९५ अंकले घटेर २,७१२.५४ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सेन्सेटिभ परिसूचक २.१० अंकले घटेर ४७०.३१, फ्लोट सूचक ०.७७ अंकले घटेर १८५.८५ र सेन्सेटिभ फ्लोट सूचक ०.५८ अंकले घटेर १५९.४३ विन्दुमा कायम भएको छ।
आज एक करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँ बराबरमा कारोबार भएको छ। १३ उपसमूहमध्ये दुई उपसमूहमा वृद्धि हुँदा ११ उपसमूह घटेका छन्। ७७ कम्पनीको सेयर मूल्य बढेको, १९३ कम्पनीको घटेको र सात कम्पनीको मूल्य स्थिर रहेको छ।
आज एभरेष्ट कलर लिमिटेड, भुगोल हाइड्रोपावर र साल्पा विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। भने एनसीसी डिबेञ्चर, नेपाल इन्भेष्टमेन्ट बैंक डिबेञ्चर र एनबिबिएल डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।


















