प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विन्ध्यवाशिनी मन्दिरमा पूजापाठ
प्रकाशित मिति: बुधबार, फाल्गुण २१, २०७६ | ११:२२:२७
काठमाडौं,२१ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया र स्वास्थ्य लाभको कामना गर्दै पोखराको शक्तिपीठ विन्ध्यावाशिनीमा पूजापाठ गरिएको छ। धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बुधबार बिहान पूजा लगाइएको हो।
स्वास्थ्य लाभको कामनासहित महामृत्युञ्जय जप गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। उनका अनुसार पूजामा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मी र अञ्जु गुरुङ कर्ता थिए।
बिहान साढे ६ बजेदेखि ८ बजेसम्म पूजा लगाइएको हो। प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनामा देशैभरि विभिन्न शक्तिपीठमा पूजापाठ गरिएको छ भने सफल उपचारको कामना गरिएको हो। ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ।
प्रकाशित मिति : बुधबार, फाल्गुण २१, २०७६ |
११:२२:२७
5743



















