अपराधि पत्ता लगाउने ‘फौजी कुकुर’को कलाकौशल ( फोटो फिचर)
प्रकाशित मिति: सोमबार, कार्तिक ०७, २०७९ | १३:५९:४०
काठमाडौं, ७ कात्तिक ।
घरघरमा आज (सोमबार) कुकुर तिहार मनाइँदै छ । कुकुरको पूजा गर्दै मिठोमिठो खानेकुरा खान दिएर गरी सोमबार कुकुर तिहार मनाइँदैछ । यही क्रममा अपराधि पत्ता लगाउन प्रयोग गरिने ‘फौजी कुकुर’को पनि पूजा गरिएको छ ।
नेपाल प्रहरीको महाराजगञ्जस्थित केनाइन महाशाखाले अपराधि पत्ता लगाउने कुकुरको पूजाआरधाना गर्दै विभिन्न कलाकौशल प्रस्तुत गर्न लगाएर कुकुर तिहार मनाएको छ । केनाइन महाशाखाले कुकुरलाई तालिम दिने गरेको छ । महाशाखाले दिएको तालिमका आधारमा कुकुरले अपराधि पत्ता लगाउने गरेको छ । महाशाखाका अनुसार हाल ९३ वटा तालिमप्राप्त कुकुर छन् ।


प्रकाशित मिति : सोमबार, कार्तिक ०७, २०७९ |
१३:५९:४०
5985
















