चौथो परीक्षण पनि पोजेटिभ आएपछि गायिका कनिकाको भावुक पोस्ट
काठमाडौं,१७ चैत्र ।
भारतको लखनउको एक अस्पतालमा कोरोनाभाइरसविरुद्ध लडिरहेकी गायिका कनिका कपुरको चौथो परीक्षण पनि पोजेटिभ आएको छ ।
चौथो परीक्षण पनि पोजेटिभ देखिएपछि उनले सामाजिक संजाल इन्स्टाग्राममा एक भावुक पोस्ट सेयर गर्दै पाँचौ परिक्षण भने नेगेटिभ आउनेमा आशारत रहेको बताइन् ।
उनले सेयर गरेको पोस्टमा भनिएको छ,“जीवनले हामीलाई समयको सदुपयोग गर्न सिकाउछ, जबकि समयले हामीलाई समयको महत्व सिकाउँछ ।”
यो पोस्टसँगै उनले आफु आईसीयूमा नरहेको र परिवार तथा सन्तानलाई भेट्न निकै आतुर भएको पनि बताएकी छिन् ।
गायिका कपुरका साथै उनको परिवार पनि उनको स्वास्थ्यमा सुधार नदेखिएकोमा चिन्तित छन् ।
मार्च २० मा लण्डनबाट भारत आएकी उनी ९ मार्चमा कानपुर हुँदै लखनउ पुगेकी थिइन् । जहाँ परीक्षणका क्रममा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
उनले लण्डनबाट फर्किनासाथ मुम्बईस्थित एक होटलमा वरिष्ठ व्यतिmत्वहरुबीच आफनो जन्मोत्सव मनाएकी थिइन् । (हिन्दुस्तान टाइम्सबाट)






















