भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुग्यो
प्रकाशित मिति: सोमबार, चैत्र १७, २०७६ | १३:१७:०८
काठमाडौं,१७ चैत्र ।
छिमेकी मुलक भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने २९ जना पुगेको पुष्टि गरेको छ । भारतमा कोरोना संक्रमितको संख्या एक हजार ७१ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार कोरोनाका कारण अहिलेसम्म इटलीमा सबैभन्दा बढी १० हजार सात सय ७९ जनाको मृत्यु भइसकेको छ । यस्तै स्पेनमा ६ हजार आठ सय तीन, चीनमा तीन हजार तीन सय आठ, इरानमा दुई हजार ६ सय ४० र फ्रान्समा दुई हजार ६ सय ११ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अमेरिकामा दुई हजार चार सय ९३, बेलायतमा एक हजार दुई सय ३१, नेदरल्यान्डमा सात सय ७२, जर्मनीमा पाँच सय ४१ र बेल्जियममा चार सय ३१ जनाले ज्यान गुमाइसकेका छन् ।
-बीबीसी
प्रकाशित मिति : सोमबार, चैत्र १७, २०७६ |
१३:१७:०८
4291






















