अमेरिकामा आगलागी, ४ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६ | १४:४५:०७
काठमाडौं,१९ चैत्र ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण फैलिरहेको बेला अमेरिकाको न्युयोर्कमा आगलागी भएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रंक्सस्थित एक अपार्टमेन्टमा आगलागी भएको हो । उक्त आगलागीमा ४ जना महिलाको मृत्यु भएको छ । भने एक जना पुरुष घाइते भएका छन् ।
घाइतेको अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आगलागी अपार्टमेन्टको छैटौँ तलामा भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६ |
१४:४५:०७
4731






















