भारतका मुख्यमन्त्रीद्वारा स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँको क्षतिपूर्तिको घोषणा
प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६ | १६:२१:५८
काठमाडौं,१९ चैत्र ।
छिमेकी मुलुक भारतको दिल्लीमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि मुख्यमन्त्री अरविन्द केजरिवालले स्वास्थ्यकर्मीका परिवारलाई एक करोड रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार कोभिड–१९ संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको मृत्यु भएपछि उक्त क्षतिपूर्ति परिवारलाई प्रदान गरिनेछ ।
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ सय नाघिसकको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ ।
.png)
स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा ३८ कोराना संक्रमितको मृत्यु भएको उल्लेख गरेको बीबीसीले जनाएको छ । भारतमा अहिलेसम्म एक सय ३२ संक्रमित उपचारपछि घर फर्किएका छन् ।-बीबीसी
प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६ |
१६:२१:५८
7547






















