अष्ट्रेलियाले नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्कायो
प्रकाशित मिति: बुधबार, चैत्र १९, २०७६ | १७:३१:५८
काठमाडौं, १९ चैत्र।
नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपछि अलपत्र परेका विदेशी र नेपाली मूलका अष्ट्रेलियन नागरिकलाई नेपाल एअरलाइन्सको विमान चार्टर गरेर बुधबार अष्ट्रेलिया लगिएको छ ।
अष्ट्रेलियन दूतावासले विवरण संकलन गरेर २५० जनालाई लगिएको हो । जसमा ७० जना नेपाली मूलका रहेका छन् ।
हामीसित कुरा गर्दै नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले ठूलो पहल गरेर नेपालमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको बताए ।
यसअघि, फ्रान्स, जर्मनी र अमेरिकाले पनि आफ्ना नागरिकलाई स्वदेश फर्काइसकेका छन् ।
प्रकाशित मिति : बुधबार, चैत्र १९, २०७६ |
१७:३१:५८
4995






















