अफगानिस्तानविरुद्ध नेपालकाे खराब सुरुवात, २४ रनमै गुमायाे ३ विकेट
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८० | १८:१४:५४
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध नेपालले खराब सुरुवात गरकाे छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा अफगानिस्तानले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले सुरुवातमै तीन विकेट गुमाएको हाे । नेपालका बिपीन रावललाई आउट भएका हुन् । खेलकाे नवौं ओभरमा उनी दुई रन बनाएर आउट भए ।
यसअघि गुल्शन जारी खेलको ९ ओभर समाप्त हुँदा नेपालले तीन विकेट गुमाएर २४ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ १२, २०८० |
१८:१४:५४
6997



















