प्रधानमन्त्री कपमा पुलिस क्लबको लगातार आठौं जित
प्रकाशित मिति: बुधबार, माघ १७, २०८० | १८:१६:००
काठमाडौँ । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कपमा अपराजित रहेको छ । बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०३ रनले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो । पुलिस क्लबले दिएको २४६ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ३६।३ ओभरमा १४२ रन बनाएर अल आउट भएपछि खेल १०३ रनले हारेको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३७।३ ओभरमा अलआउट हुदै २४५ रन बनाएको थियो । यो जितपछि नेपाल पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ र फाइनलमा पुगिसकेको छ । त्यस्तै लुम्बिनी प्रदेशले ९ खेलमा केवल एक खेल जितेको र ८ खेलमा हार बेहोरेर प्रतियोगिता सकाएको छ ।
प्रकाशित मिति : बुधबार, माघ १७, २०८० |
१८:१६:००
7305



















