कोरोनालाई जितेर दुई हप्तापछि अस्पतालबाट फर्किइन् गायिका कनिका कपुर
प्रकाशित मिति: सोमबार, चैत्र २४, २०७६ | १४:२०:०७
काठमाडौं,२४ चैत
भारतका लखनउको एसजीपीजीआई अस्पतालमा करिब दुई हप्तादेखि भर्ना भएकी गायिका कनिका कपुरलाई मंगलबार बिहान अस्पतालबाट छुट्टी दिइएको छ ।
कनिका कपुरलाई लखनउको किंग जर्ज मेडिकल विश्वविद्यालयमा कोरोना संक्रमणको पुष्टि भएपछि २० मार्चमा अस्पताल भर्ना गरिएको थियो ।
त्यसपछि पीजीआईमा उनको पाँचपटक परीक्षण भयो र सोमबार जब लगातार दुईवटा रिपोर्ट नेगेटिभ आयो तब उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । यद्यपि, उनलाई घरमा नै दुई हप्तासम्म क्वारेन्टिनमा बस्न सल्लाह दिइएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र २४, २०७६ |
१४:२०:०७
4863






















