रुपन्देहीको एक सहकारीमा चोरी
प्रकाशित मिति: आइतबार, चैत्र २४, २०८१ | १४:४७:२८
चितवन, २४ चैत । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ।
सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहकारीका मुख्य व्यवस्थापक विनोद पराजुलीले बताए । सहकारीको सीसीटीभीको हार्डडिस्क गायब भएको छ ।
देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एकबहादुर नेपालीले सहकारीको भल्ट नै फोडेर नगद चोरी विषयमा अनुसन्धान सुरु गरेको बताए ।
उनले केही व्यक्तिको लोकेसन र कल रेकर्ड समेत अध्ययन गरिरहेको खुलाए ।
प्रकाशित मिति : आइतबार, चैत्र २४, २०८१ |
१४:४७:२८
3323

















