नेकपा बहुमत निकट विद्यार्थीको हडतालले निजी विद्यालय बन्द
प्रकाशित मिति: शुक्रबार, साउन ०२, २०८२ | १२:३१:०९
चितवन, ०२ साउन । नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल कारण आज निजी विद्यालयहरू बन्द भएका छन् ।
शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।
हडतालको घोषणा काठमाडौँका कतिपय निजी विद्यालयले बिहीबार बेलुका अभिभावकहरूलाई विद्यालय बन्द हुने जानकारी पठाएका थिए ।
प्रकाशित मिति : शुक्रबार, साउन ०२, २०८२ |
१२:३१:०९
2839























