हेलिकाेप्टरबाट प्रधानमन्त्रीले अवलोकन गरे मधेसको सुख्खा क्षेत्र (तस्वीर)
प्रकाशित मिति: शुक्रबार, साउन ०९, २०८२ | १४:४५:५७
चितवन, ०९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।
प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।
प्रकाशित मिति : शुक्रबार, साउन ०९, २०८२ |
१४:४५:५७
3851





















