टप एण्ड टी–२० : सेमिफाइनल प्रवेशका लागि नेपाल आज पाकिस्तानसँग भिड्दै
प्रकाशित मिति: शुक्रबार, भाद्र ०६, २०८२ | ७:५०:४६
चितवन, ०६ भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो ।
खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र ०६, २०८२ |
७:५०:४६
2817






















