गोन्द्राङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, कार्तिक ०६, २०८२ | ६:४६:१२
चितवन , ६ कार्तिक । पुर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका वडा १२ गोन्द्राङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आज बिहान करिव सवा ४ बजे टाँडीबाट गोन्द्राङ तर्फ जादै गरेको ग१०प ६१२२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल सडक बिचमा रहेको डिभाईडरमा ठोकिक्दा मोटरसाइकल चालक नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २६ को केशब घर्ती मगर र मोटरसाइकल पछाडी सवार तनहुं जिल्ला देवघाट गाउँपालिका वडा नम्बर.२ घर भई हाल गैंडाकोट नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ४४ को टंक प्रसाद थापा घाइते भएका थिए । गम्भिर घाईते भएका मोटरसाइकल पछाडी सवार थापाको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा बिहान करिव पौने ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक ०६, २०८२ |
६:४६:१२
1