काठमाडौँमा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा
प्रकाशित मिति: शनिबार, बैशाख २६, २०८३ | १६:०२:३२
चितवन, २६ बैशाख । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३४ चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख १२ हजार राजस्व सङ्कलन भएको छ ।
कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १४० जना, नियमविपरीत राइड सेयरिङ गर्ने १८४ जना तथा ट्राफिक सङ्केत उल्लङ्घन गर्ने ८७ जना रहेका छन् । त्यस्तै तीव्र गतिमा सवारी चलाउने २१० जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यसैबीच लेन अनुशासन उल्लङ्घन गर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने ५७, सडक पेटीमा पार्किङ गर्ने ९६ तथा एकतर्फी सडकमा सवारी चलाउने ११० जनालाई समेत जरिवाना गरिएको छ । अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९ जना पनि कारबाहीमा परेका छन् ।
प्रकाशित मिति : शनिबार, बैशाख २६, २०८३ |
१६:०२:३२
1




















