सुनचाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ९३ हजार ८ सय पुग्यो
प्रकाशित मिति: बिहिबार, जेठ ०७, २०८३ | १३:०६:०५
चितवन, ०७ जेठ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले वृद्धि हुँदै ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ ०७, २०८३ |
१३:०६:०५
89



















