सुनको मूल्य घट्यो, चाँदी महँगियो
प्रकाशित मिति: बुधबार, जेठ १३, २०८३ | १२:१४:३१
चितवन, १३ जेठ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यता चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले वृद्धि भएर ५ हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
प्रकाशित मिति : बुधबार, जेठ १३, २०८३ |
१२:१४:३१
133





















