न्यूरोडबाट साढे १६ लाख नगदसहित भारतीय नागरिक पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ १०, २०८३ | १५:१७:३४
चितवन, १० असार । काठमाडौंको न्यूरोड क्षेत्रबाट स्रोत नखुलेको साढे १६ लाख रुपैयाँ नगदसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल रहेका छन्। प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अग्रवालले न्यूरोडमा ‘मोबाइल होम’ नामक इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका छन्। उनको साथबाट बरामद भएको १६ लाख ५० हजार रुपैयाँको स्रोत खुल्न नसकेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति : बुधबार, आषाढ १०, २०८३ |
१५:१७:३४
133


















