प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने
चितवन, २५ आषाढ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
समितिको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले उजुरी आह्वानका लागि शुक्रबार सार्वजनिक सूचना जारी गर्ने निर्णय पनि गरेको छ।
समितिले आगामी साउन ५ गते बस्ने बैठकमा प्राप्त उजुरीमाथि छलफल गर्दै सुनुवाइ प्रक्रिया अगाडि बढाउने जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले कार्की, सुब्बा र वाग्लेलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।


























