कोशी नदीमा पानीको बहाव खतराको तहभन्दा माथि, ब्यारेजका १८ वटा ढोका खोलियो
प्रकाशित मिति: सोमबार, आषाढ २९, २०८३ | १४:१६:५५
चितवन, २९ आषाढ । अविरल वर्षाका कारण कोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै खतराको तह पार गरेको छ।
प्रहरीका अनुसार आज बिहान ६ बजे करिब १ लाख ३१ हजार २ सय क्यूसेक रहेको बहाव दिउँसो १२ बजेसम्म बढेर १ लाख ५८ हजार २ सय १० क्यूसेक पुगेको छ।
बढ्दो बहावलाई मध्यनजर गर्दै कोशी ब्यारेजका ५६ मध्ये १८ वटा ढोका खोलिएको छ। नदीमा १ लाख ५० हजार क्यूसेकभन्दा बढी बहाव पुगेपछि खतराको संकेतस्वरूप रातो झण्डा र रातो बत्तीसमेत बालिएको छ।
नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन तथा आवश्यक सुरक्षा सावधानी अवलम्बन गर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।
प्रकाशित मिति : सोमबार, आषाढ २९, २०८३ |
१४:१६:५५
111






















