डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह गर्ने घोषणा
चितवन, ०६ साउन । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको बेथितिविरुद्ध प्रा.डा. गोविन्द केसीले बिहीबारदेखि दार्चुलाबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
सरकारले आफूले दिएको अल्टिमेटमको समयसीमाभित्र मागहरू सम्बोधन नगरेको भन्दै उनले आन्दोलनमा उत्रिन लागेको बताएका छन्। केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रलाई निजी स्वार्थको कब्जामा पु¥याउने प्रयास भइरहेको आरोप लगाएका छन्।
उनले ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ अनुसार २०८५ सालभित्र चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था भए पनि सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको दाबी गरेका छन्।
केसीले मापदण्डविपरीत निजी मेडिकल कलेजमा शुल्क लिएर सिट वृद्धि गर्ने, छात्रवृत्ति कटौती गर्ने र नियामक निकायमा स्वार्थ बाझिने व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयासको विरोध गरेका छन्। साथै, गेटास्थित सहिद दशरथ चन्द मेडिकल विश्वविद्यालयमा भएको नियुक्ति खारेज गर्न, सिट वृद्धि र छात्रवृत्ति कटौतीको निर्णय फिर्ता लिन तथा विगतका सहमतिहरू कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्


















