कोरोना त्रास : राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित
प्रकाशित मिति: शुक्रबार, चैत्र ०७, २०७६ | १२:३१:५८
काठमाडौं,७ चैत्र ।
शुक्रबार दिउँसो बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बिहीबार बसेको बैठकले शुक्रबार दिउँसो १ बजेका लागि बस्ने भनेपनि संसद सचिवालयले सूचना टाँस गरी बैठक स्थगित भएको जनाएको हो ।
राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । प्रतिनिधिसभाको बैठक भने १३ चैतसम्मका लागि स्थगित गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र ०७, २०७६ |
१२:३१:५८
5105



















