अमेरिकामा कोरोनाबाट एक शिशुको मृत्यु
प्रकाशित मिति: आइतबार, चैत्र १६, २०७६ | १७:५४:२०
काठमाडौं, १६ चैत ।
कोरोना भाइरसका कारण अमेरिकामा एक शिशुको मृत्यु भएको घटनाले सबै चिन्तित भएका छन् ।
इलिनोइस डिपार्टमेन्ट अफ पब्लिक हेल्थका डाइरेक्टर डा। नगोजी एजाइकका अनुसार शिकागोमा कोरोना भाइरसका संक्रमित एक बच्चाको मृत्यु भएको हो ।
उक्त बच्चाको उमेर एक वर्ष भन्दा पनि कम रहेको बताइएको छ । यस घातक भाइरस फैलिनबाट रोक्न ठूलो कदम चाल्नु पर्ने अवस्था आईसकेको डाइरेक्टर एजाइकले बताएका छन् ।
उक्त बच्चाको कोरोनाका कारण मृत्यु भएपछि अत्याधिक मानिसहरु चिन्तित बनेका छन् ।
यो भन्दा अगाडि पनि चीनमा वर्षदिन भन्दा कम उमेरका एक शिशुको निधनले सारा विश्व नै चिन्तित बनेको थियो ।
एजेन्सीको सहयोगमा
प्रकाशित मिति : आइतबार, चैत्र १६, २०७६ |
१७:५४:२०
4489






















