कंगोका पूर्व राष्ट्रपतिको कोरोनाका कारण मृत्यु
प्रकाशित मिति: मंगलबार, चैत्र १८, २०७६ | १६:१९:३९
एजेन्सी,१८ चैत्र ।
कोरोना भाइरसका कारण अफ्रिकी मुलुक कंगोका पूर्व राष्ट्रपति ज्याक जोआकिम योम्बी ओपाङ्गोको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमणका कारण ८१ वर्षका ज्याक्स जोआकिमको फ्रान्सको पेरिसमा सोमबार मृत्यु भएको एएफपीले जनाएको छ।
पेरिसमा उनको उपचार भइरहेको थियो। सन् १९३९ मा ज्याक्स जोआकिमको जन्म भएको थियो। एक सैन्य अधिकृतदेखि उनी सेनाको जनरल बनेका थिए।
उनले सन १९७७ देखी १९७९ सम्म कंगोको सत्ता सम्हालेका थिए।
प्रकाशित मिति : मंगलबार, चैत्र १८, २०७६ |
१६:१९:३९
4115






















