अमेरिकामा कोरोना कारण ६ हप्ते शिशुको मृत्यु
प्रकाशित मिति: बिहिबार, चैत्र २०, २०७६ | १२:१०:३०
एजेन्सी,२० चैत्र ।
अमेरिकामा कोरोना भाइरसका कारण एक जना ६ हप्ते शिशुको समेत ज्यान गएको छ । बुधबारमात्रै अमेरिकामा १ हजार ५९ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या पनि झण्डै २७ हजारले बढेको छ ।
योसँगै संक्रमितको संख्या करिब २ लाख १५ हजार नाघेको छ । अमेरिकी सरकारले गरेको गल्तीका कारण अमेरिकी नागरिकले अनाहकमा ज्यान गुमाएको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसलाई लिएर चौतर्फी सतर्कता अपनाइरहँदा अमेरिकाले भने राजनीतिक षड्यन्त्रको नजरले हेरेपछि अमेरिकाले आज ठुलोे मुल्य चुकाइरहेको अधिकारीहरुले जनाएका छन् ।
यही अवस्था रहे अमेरिकामा थप महाभयावह स्थिति आउने उनीहरुको टिप्पणी रहेको छ । अमेरिकामा माक्सको अभाव भएसँगै सरकारले रुमालले आफ्नो मुख छोप्न अनुरोध गरेको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २०, २०७६ |
१२:१०:३०
5633






















