बालिका बलात्कार घटनाको आरोपित र्पुपक्षको लागि थुनामा
प्रकाशित मिति: बिहिबार, जेठ ०८, २०७७ | १९:००:०६
चितवन , ८ जेठ।
चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एकजनालाई र्पुपक्षको लागि थुनामा पठाइएको छ । जिल्ला अदालत चितवनले अभियुक्तलाई आज र्पुपक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीस हेमन्त रावलको इजलाशले उनलाई र्पुपक्षको लागि थुनामा पठाएको हो । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर १ निवासी १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १ निवासी ५८ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेर मुद्धा चलाएको थियो । बैशाख ९ गतेको घटना भएपनि प्रहरीमा बैशाख १३ गते जाहेरी परेको थियो । जाहेरी अनुसार राप्ती नगरपालिका वडा नम्बर १ निवासी ५८ बर्षिय रामकुमार तमाङलाई प्रहरीले पक्राउ गरेको थियोे ।
प्रकाशित मिति : बिहिबार, जेठ ०८, २०७७ |
१९:००:०६
4247

















