महोत्तरीमा अज्ञात समूहबाट कुटिए डिएसपी
प्रकाशित मिति: आइतबार, साउन ०७, २०८० | १३:१४:२८
महोत्तरी,०७ साउन । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन्। प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि कुटपिट भएको हो ।
यादवमाथि शुक्रबार राति १० बजे जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा कुटपिट भएको हो । घटना आइतबार मात्र सार्वजनिक भएकाले रहस्यमय मानिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार अहिले उनको काठमाडौंस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा फ्याक्चर भएको छ ।
घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले तीन सदस्य समिति गठन गरेको छ।
प्रकाशित मिति : आइतबार, साउन ०७, २०८० |
१३:१४:२८
4335