सन्दीपको उत्कृष्ट प्रदर्शनमा सर्रे विजयी
प्रकाशित मिति: शनिबार, साउन १३, २०८० | ११:१८:५०
काठमाडौं , १३ साउन । क्यानाडामा जारी ग्लोबल टी-२० मा नेपाली स्पीनर सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सको मिस्सीस्साउगा प्यान्थर्सविरुद्धको खेलमा सन्दीपले ३ विकेट लिदै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका छन् । सर्रेले दिएको १६५ रनको लक्ष्य पछाएको प्यान्थर्स १७ ओभरमा १०९ रन मात्र बनाएर अल आउट भएपछि सर्रेले खेल ५५ रनले जितेको हो ।
खेलमा सन्दीपले ३ ओभर बलिङ गरेर १८ रन दिदै महत्वपूर्ण ३ विकेट लिएका थिए । सन्दीपले जारी ग्लोबल टी-२० मा अहिलेसम्म ४ खेलमा सात विकेट लिएका छन् । यस अघि सर्रेले पहिला ब्याटिंग गरेर २० ओभरमा ६ विकेट गुमाउदै १६४ रन बनाएको थियो । सर्रेको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि ४ खेलमा ५ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
प्रकाशित मिति : शनिबार, साउन १३, २०८० |
११:१८:५०
2883