ओमानसँग नेपाल ५ रनले पराजित
प्रकाशित मिति: बिहिबार, कार्तिक १६, २०८० | १२:३९:२०
काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भयो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।
नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०८० |
१२:३९:२०
3323