कप्तान रोहित पौडेलले लिए युएईकाे पाँचाैं विकेट
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८० | १२:३०:२७
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले पाँचौँ सफलता पाएको छ ।मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १५ओँ ओभरमा युएईको पाँचौँ विकेट लिएको हो ।
युएईका अलि नासिर आउट भएका हुन् । उनलाई कप्तान रोहित पौडेलले कुशल भुर्तेलमार्फत क्याच गराएका हुन् । यूएईले १६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर १०० रन जोडेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८० |
१२:३०:२७
4797