सन्दीपले लिए युएईको छैटाैं विकेट
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८० | १२:३३:२५
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले छैटाैं सफलता पाएको छ ।मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले १५ओँ ओभरमा युएईको छैटाैं विकेट लिएको हो ।
युएईका बासिल हामिद आउट भएका हुन् । उनलाई सन्दीप लामिछानेले गुल्शन झामार्फत क्याच गराए । यूएईले १७.२ ओभरको समाप्तिमा ६ विकेट गुमाएर ११८ रन जोडेको छ ।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८० |
१२:३३:२५
4269