विश्वकपमा छनोट हुन नेपालले पायो १३५ रनको लक्ष्य
प्रकाशित मिति: शुक्रबार, कार्तिक १७, २०८० | १३:०१:५३
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको सेमिफाइनल खेलमा युएईले नेपाललाई १३५ रनको लक्ष्य दिएको छ ।मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको हो ।
यूएईका लागि भृत्य अरविन्दले ६४ रन बनाए। यस्तै मुहम्मद वासिमले २६, एलिसान सराफुले १६, आसिफ खानले १३, खालिद शाहले ३ र अलि नासिरले ४ रन जोडे। नेपालका कुशल मल्लले ३ र सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए।
प्रकाशित मिति : शुक्रबार, कार्तिक १७, २०८० |
१३:०१:५३
2729