नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य
प्रकाशित मिति: आइतबार, कार्तिक १९, २०८० | १२:५३:३८
काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले ओमानलाई १८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनायो ।
नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४ रन बनाए । कप्तान रोहित पौडेलले नट आउट ५२ रन बनाए। रोहित र गुल्सनबीच ७८ रनको साझेदारी भएको थियो । यस्तै कुशल भुर्तेलले ३१, करण केसीले २०, सन्दीप जोराले १०, आशिफ शेखले ६, कुशल मल्लले ३ र विवेक यादवले १ रन बनाए ।
प्रकाशित मिति : आइतबार, कार्तिक १९, २०८० |
१२:५३:३८
3675