लाजिम्पाटमा अनलाइन जुवा खेलाउने भारतीय पक्राउ
काठमाडौँ । काठमाडौंको लाजिम्पाटस्थित कल सेन्टरमा अनलाइन जुवा खेलाउने अड्डामा प्रहरीले छापा मारेको छ । काठमाडौं प्रहरी परिसरले छापा मार्दै अनलाइन जुवा खेलाउने दुई भारतीयलाई पक्राउ गरेको प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले छापा मारेर भारतको महाराष्ट्र राज्य मुम्बई घर भइ काठमाडौं बस्दै आएका ४२ वर्षीय गौरब देसाई, काठमाडौं–३ का ४७ वर्षीय राजीव शर्मा पाण्डेलाई पक्राउ गरेको हो।
कल सेन्टरबाट २९ थान डेस्कटपसमेत बरामद भएको ढुंगेलले जानकारी दिए । उनीहरूले लाजिम्पाटस्थित बाबुराजा नकर्मीको घर भाडामा लिएर कल सेन्टर सञ्चालन गर्ने भनेर कल सेन्टरमा अनलाइन जुवा खेलाउने गरेको पाइएको एसपी ढुंगेलले बताए।
उनीहरूविरुद्ध प्रहरीले सट्टाबाजीसम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको बताएको छ।