बागमती समूहविजेता बन्दै सेमिफाइनलमा, सन्दीपले लिए ४ विकेट
पोखरा । पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश सेमिफाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । मूलपानी मैदानमा टस जिती पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २० रनको योगफल तयार गरेको थियो । पोखरा रंगशालमा टस जितेर ब्याटिङ गरेको बागमतीले २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन बनायो । बागमतीका लागि ओपनर ब्याटर रित गौतमले सर्वाधिक ८२ रनको पारी खेले ।
उनले ५९ बलमा १० चौका र २ छक्का प्रहार गरे । बागमतीले दिएको १९० रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १७।३ ओभरमा ९९ रन बनाउँदै अलआउट भयो । कर्णालीका लागि विकेटकिपर ब्याटर अर्जुन घर्तीले सर्वाधिक २४ रन बनाए । उनले २३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । कपतान रविन्द्र शाहीले २०, विपिन शाहीले २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । बागमतीका लागि बलिङमा कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । प्रतिश जिशी, रिजन ढकाल, सुवास खत्री र इशान पाण्डेले १–१ विकेट लिए ।